ब्युटी न्युज नेपाल
काठमाडौं, ८ चैत
नावालिक गायिकालाई जबरजस्ती करणी गरेको अभियोगनमा गत बहिबार नवलपुर जिल्ला अदालतमा मुद्धा दायर भएका अभिनेता पल शाहविरुद्ध फेरी तनहुँ जिल्ला अदालतमा पनि जबरजस्ती करणीको मुद्दा दायर भएको छ । मँगलबार तनहुँको जिल्ला अदालतमा उनी बिरुद्ध मुद्धा दायर गरिएको हो ।
नावालिक गायिकाले गत महिना दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले शाहविरुद्ध मुद्धा दायर गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय तनहुँका प्रमुख जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर गरेको हो । कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।
शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।
किशोरीले आफूमाथि पटक पटक बलात्कार भएको भन्दै शाहविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । र १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।