ब्युटी न्युज नेपाल
काठमाडौं, ८ चैत
नायिका करिश्मा मानन्धर जनता समाजबादी पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेकी छिन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई खादा र टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । आफुले कुनै पनि पदको माग नराखी सो पार्टीमा प्रवेश गरेको यी अभिनेत्रीले बताएकी छिन् । मंगलबार नेकपा एमालेमा प्रवेश गरेपछि यस्तो बताएकी हुन् । अहिले आफु विशुद्ध एमालेको कार्यकर्ता बनेको पनि उनले बताएका छिन् ।
उनले आफू नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएर एमालेमा आएको बताइन् । आफू एमाले प्रवेश गर्दा वर्षौदेखि पार्टीमै रहेकाहरुले डराउनुनपर्ने करिश्माले बताइन् ।
मंगलबार नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले मुख्य तीन कारणले आफू पार्टी प्रवेश गरेको बताएकी छन् । पार्टी प्रवेश गर्नुको पहिलो कारणको रुपमा उनले अध्यक्ष केपी शर्मा ओलीलाई कारण देखाइन् ।
उनले सञ्चारकर्मीसँग भनेकी छिन्,‘अब एमालेमा रहेर राजनीतिमा अघि बढ्ने अठोट गरेकी छु । यही अठोट लिएर मुलुकको समृद्धिको दिशामा अघि बढ्छु ।’ आफू नितान्त एमालेको कार्यकर्ता भएर कार्यकर्तासँग जोडिन आइपुगेको उनले बताइन् ।