पल शाहलाई प्रहरी हिरासतमा राख्न ५ दिन म्याद थप


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ चैत,

यस अघि पहिलो पटक ७ दिन र दोश्रो पटक १२ दिन गरी १९ दिन हिरासतमा बिताएका अभिनेता पल शाहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति मिलेको छ । अभिनेता पल यतीबेला जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।

एक नावालिक गायिकालाई जबरजस्ती करणी गरेको भन्दै यी अभिनेता बिरुद्ध बिहिबार नै जिल्ला अदालत नवलपुरमो उजुरी परिसकेका छ । उनलाई गत साता नवलपुरको गैंडाकोट ल्याएर अनुसन्धान गरेपछि उनी बिरुद्ध जबरजस्ती करणीको मुद्दा जिल्ला अदालत नवलपुरमा बिहिबार दायर भईसकेको छ ।

यसबीचमा नवलपुरमा परेको मुद्दाको अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको थियो । त्यसपछि तनहुँ प्रहरीले बाँकी अनुसन्धानको काम गर्न सकेको थिएन ।
गत फागुन १५ गते पक्राउ परेका हुन् । तनुहँ जिल्ला अदालतले पछिल्लोपटक फागुन २२ गते शाहमाथि अनुसन्धानका लागि १२ दिनको म्याद थपको अनुमति दिएको थियो ।

नाबालिका बलात्कारको आरोपमा अभिनेता शाह १५ फागुनदेखि तनहुँ प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध नवलपुरमा पनि जाहेरी परेको थियो, जसका आधारमा जिल्ला अदालत नवलपुरमा बिहीबार मात्र मुद्दा दायर भएको छ ।