ब्युटी न्युज नेपाल
काठमाडौं, १७ फागुन
‘अपटाउन म्यूजिक फेस्टिभल’ हुने भएको छ । पीभीई नेटवर्क एक्सक्लुसिभ पार्टनर रहेको यो फेस्टिभल अपटाउनको प्रस्तुतिमा हुन लागेको हो । यो महोत्सब यही फागुन २० गते शुक्रबार ललितपुरको झम्सिखेलमा हुन लागेको हो । अहिलेको अबस्थामा सँगीतिक माहौल अझ राम्रो बनाउन महोत्सब गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।
फेस्टिभलमा दीपक बज्राचार्य, सबिन राई एण्ड द फरोह, नवीन के भट्टराई एण्ड अतृप्त, कालीप्रसाद बासकोटा, आर्को मुखर्जी कलेक्टिभ र रविन एण्ड द न्यू रिभोल्युसनको विशेष सांगीतिक प्रस्तुति हुनेछ । यसबाहेक हरी महर्जन प्रोजेक्ट, बिजेन, बलेन, द ब्रिज, द इलिमेन्ट्स, कान्ता डब डब र रचना दाहालको अभिनय रहनेछ । उनीहरुबाहेक रिदिम सङ्स, एलएसडी, ट्राई टोन, द सोल नेपाल, कंक्रिट जंगल, द हाइ सिक्स एण्ड बी फ्ल्याट र अडियो स्क्वाडले पनि आफ्नो प्रस्तुति दिनेछन् ।
यी कलाकारबाहेक आरोन, डेञ्जोङ, मोनिका, रेसेस र मनिकको पनि प्रस्तुति हुनेछ । आयोजकका अनुसार फेस्टिबलमा तीन भिन्न देशका करिब २६ कलाकारले सहभागिता जनाएका छन् । फेस्टिभलको शुभारम्भ गायक दीपक बज्राचार्यले गर्नेछन् । यो महोत्सवमा दर्शकलाई प्रवेश निःशुल्क गरिएको छ ।