सन्तोष र फुलमायाँको तिहार गीत मखमली


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ कात्तिक

नेपालीहरुको दोश्रो पर्व तिहारको अवसरमा गायक सन्तोष प्रगाढ र गायिका फुलमाया तामाङको स्वरमा रहेको ’मखमली’ गीतको भिडियो दर्शकमाझ आएको छ । विएमवि क्रियसनको आधिकारिक युटुव च्यानल मार्फत यो गीतको भिडियो सार्वजनिक भएको हो । दिनेश सुवेदीको शब्द तथा सन्तोष प्रगाढको संगीत एवम एरेन्ज गीतमा छ ।

गीतको भिडियोमा देउसी भैलीलाई महत्व दिईएको छ । दिदी बहिनी र दाजु भाई विचमा एकता पर्वको रुपमा र हर्षोउल्लासका साथ मनाइने दिपावली पर्वको महत्व र विशेषतालाई गीतमा समेटिएको छ ।

’मखमली’गीतको भिडियोमा सोनिया रंजित, विजय राज भुर्तेल, विकाश शर्मा, एलिसा घिमिरे र रिया श्रेष्ठको अभिनय तथा नृत्य देख्न सकिन्छ । विजय जिरेलको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा रहेको छ ।