काठमाडौं सर्ट फिल्म फेस्टामा उत्कृष्ट फिल्म स्विट सिक्सटिन र मह्ःपुजा


ब्युटी न्युज नेपाल
काठमाडौ, ३२ साउन

‘पाँचौ काठमाण्डौ सर्ट फिल्म फेस्टा –२०२१’ आइतबार राजधानीमा सम्पन्न भएको छ । यो फेस्टा हरेक २ वर्षमा आयोजना हुँदै आएको छ ।

छायाँछबि क्रियशनको आयोजनामा सम्पन्न सो प्रतियोगितामा यसपटक अभिनव श्रेष्ठ निर्देशित स्वीट सिक्सटिनले उत्कृष्ट सर्ट फिल्मको अवार्ड जितेको छ । यस्तै यो वर्षको उत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड चलचित्र निर्देशक कल्याण अधिकारीले जिते । सर्ट फिल्म फेष्टाका जुरीहरुमा प्रवण भुषाल, सुवास बुढाथोकी, रेनिस फागो, गोपाल ढकाल र जुरी संयोजकमा ऋषी लामिछाने थिए ।

यो प्रतियोगितामा पुरन जोशी निर्देशित मह्ः पुजाले उत्कृष्ट डकुमेण्ट्रीको अवार्ड जितेको छ । प्रतियोगितामा लक्ष्मण सुबेदी निर्देशित मेहन्दीको रङ्गलाई बेष्ट कन्सेप्ट स्कृप्टको अवार्ड, दिपेन्द्र लामा निर्देशित सावधानलाई पब्लिक च्वाइस अवार्ड, सरोज खनाल निर्देशित बिहानीमै अस्ताएको सूर्यलाई जुरी अवार्ड प्रदान गरियो । यस्तै नवराज बु्ढाथोकी निर्देशित हाउस हजवेण्डले इन्करेजमेण्ट अवार्ड प्रदान गरिएको छ ।

सो समारोहमा बोल्दै चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोनाको कारण मुझाएको नेपाली चलचित्र उधोगका लागि चलचित्र सम्बन्धि यस्ता कार्यक्रम सँजिवनी हुने बताए । दाहालले चलचित्र उद्योगको वर्तमान अवस्था र चलचित्रको बिकासमा अब के गर्नु पर्छ भन्ने विषयमा सरकारसँग आफ्नो बार्ता भईरहेको र चाँडै सरकारबाट केही प्याकेज ल्याउने पक्षमा आफुहरु रहेको जानकारी गराए ।
कार्यक्रममा चलचित्र निर्माता तथा प्रविशा प्रकाशन प्रा.लिका अध्यक्ष प्रदिप कुमार उदयले काठमाडौं सर्ट फिल्म फेस्टाबारे जानकारी गराएका थिए । उनले अब सिनेमा हल खुलेपछि नेपाली चलचित्रका दर्शक बढ्नो जिकिर गरे ।

यस्तै नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले काठमाडौं सर्ट फिल्म फेस्टाले नेपालमा लघू चलचित्र निर्माण गर्ने कार्यलाई प्रोत्साहन गर्दै आएको छ भने ।

काठमाडौं सर्ट फिल्म फेस्टा विगत देखि हरेक दुइ÷दुई वर्षमा आयोजना हुँदै आएकोमा आगामी दिनमा हरेक वर्ष आयोजना गरिने आयोजक संस्था छायाँछबि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताए । यसपटक फेस्टामा करिब दुई दर्जन नेपाली लघू चलचित्रले भाग लिएको पनि उनले जनाए ।

मारोहमा बरिष्ठ रंग पत्रकार सविन शाक्यको स्मृतिमा स्थापित फिल्मीखबर–सविन स्मृति रंग पत्रिकारिता पुरस्कार पत्रकार सुमन बैरागीलाई प्रदान गरियो । बिगत डेढ दशकदेखि रँगपत्रकारितामा सक्रिय एका कारण उनलाई यो पुरस्कार प्रदान गरिएको आयोजक पक्षले जनायो । पुरस्कारको राशी १० हजार रुपैयाँ र सम्मानपत्र थियो ।