ब्युटी न्युज नेपाल
काठमाडौं, २८ साउन
बिगत तीन वर्षदेखि काठमाडौं बाहिरका विभिन्न शहरमा विक्री हुँदै आएको कार्बनल कम्पनीको (कार्बनल प्रोफेस्नल हङकङ) कस्मेटिक सम्बन्धि सामग्री अब काठमाडौं उपत्यकामा पनि पाइने भएको छ ।
काठमाडौंमा एक भव्य सेमिनार आयोजना गरेर कार्बनल कस्मेटिकका सामग्रीको बिक्री वितरण सुरु गरिएको छ । हङकङमा निर्माण हुँदै आएको कार्बनलको कस्मेटिक सम्बन्धि समाग्रीको नेपालमा माग भएपछि पोखराबाट तीन वर्ष अघि यसको वितरण सुरु गरिएको थियो । वितरक राजगोपाल सापकोटाका अनुसार पोखरा सहित मोफसलका विभिन्न शहरमा यो कार्नभलका उत्पादनको ग्राहकमा मन जितेपछि यसलाई काठमाडौंका ग्राहक माझ पनि ल्याईएको हो । अब काठमाडौं उपत्यकाका बिज्ञ ब्युटिसियनहरु मार्फत कार्बनलको उत्पादनहरुको सेवा प्रदान गरिने नेपालका लागि आधिकारिक वितरक राजगोपाल सापकोटाले जानकारी गराएका छन् ।
काठमाडौंमा एक समारोह आयोजना गरेर कार्बनलको सामग्रीबारे जानकारी दिईएको छ । कस्मेटिक सम्बन्धि साइन्समा पहिलो पटक नेपालबाट स्नातक गरेकी कस्मोलोजिस्ट तथा रोज ब्युटि पार्लर एन्ड ट्रेनिङ सेन्टरकी म्यानेजिङ डिरेक्टर परिसी कारंजितले सो सेमिनारमा कार्नभलका सम्पूण उत्पादन सम्बन्धि जानकारी गराईन् । कार्बनलका कस्मेटिक समाग्रीहरु कुन अबस्थामा कसरी प्रयोग गर्ने भनेर परिसीले कार्यक्रममा सहभागीहरुलाई बताईन् । यो कम्पनीले उत्पादन गरेर सेवा दिँदै आएको विभिन्न हेयर कलर, भटामिन सेम्पु÷कन्डिस्नर, मल्टि फङसनल सेम्पु र कन्डिस्नर, केराटिन सेम्पु र कन्डिस्नर, हेयर ट्रिटमेन्ट क्रिम, डलक ट्रिटमेन्ट क्रिम, कोलाजिन हेयर क्रिम, स्ट्रेन्थ एन्ड कर्ली क्रिम, फाईभ इन वान स्ट्रेन्थ क्रिम, अकाई ओयल, अर्गान ओयल जस्ता विभिन्न सामग्री र यसको प्रयोग बारे परिसीले सो सेमिनारमा जानकारी गराईन् ।
यस्तै सो सेमिनारमा हेयर स्पेशलिष्ट रायन मँगोलले कपालका प्रकारहरु तथा कुन कपालमा कस्तो र कती मात्रामा कलर कसरी लगाउने भनेर जानकारी गराए । कपाललाई कसरी ब्लिचिङ गर्ने र विभिन्न प्रकारका कलरहरु कसरी तयार गरेर कसरी लगाउने भन्नेबारे उनले प्रतियोगीहरुलाई प्रत्यक्ष कलर लगाएर लगाएर देखाए । करिब पाँच घन्टाको प्रत्यक्ष हेयर कलर डेमो देखाएर रायनले सहभागीहरुलाई हेयर कल गर्ने तरिका सो कार्यक्रममा सिकाएका थिए ।
कार्यक्रममा अतिथिका रुपमा बरिष्ट ब्युटिसियन सोनी कारँजित, अनिता खड्का रायमाझी, रस्मिला श्रेष्ठ, सारदा क्षत्री, सुलोचना श्रेष्ठ, रिना अवाले, रचना शाक्य, रेणु राना मगरको उपस्थित थियो । रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले सँयोजन गरेको सो एक दिवसीय कार्यशाला आफुहरुका लागि निकै उपयोगी भएको कार्यक्रममा सहभागी विभिन्न व्युटिसियनहरुले बताए । सेमिनार कार्यक्रम निकै उपयोगी र कार्नबलका उत्पादनबारे जानकारी दिन सफल भएको आयोजक राजगोपाल सापकोटाले कार्यक्रममा प्रकाश पारे ।