आज २०१६ सँक्रमित, ३० जनाको निधन,


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असार,

नेपालमा आज शनिबार २ हजार ०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ७०४ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १७४ र ४ हजार ८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाबाट ३० जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणका कारण ८ हजार ९७५ जनाको मृत्यु भएको छ । नेपालमा आज कोरोना सँक्रमणबाट ४ हजार ९१४ जना संक्रमणमुक्त भएका छन्

जस मध्य सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ । तीमध्ये ३९ हजार १९९ जना होम आइसोलेसनमा र २ हजार ८२५ जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये ७३४ जना आईसीयूमा र २२२ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १८१, ललितपुरमा ४३ र भक्तपुरमा २५ जना रहेका छन् ।

त्यस्तै कास्कीमा १२७, नुवाकोटमा ११०, मोरङमा ९९, झापामा ६८, तनहुँमा ५४, सुर्खेतमा ५०, चितवनमा ४३, मकवानपुरमा ३६, सुनसरीमा ३५, कैलालीमा २८, नवलपरासी पूर्व र सर्लाहीमा २४÷२४, काभ्रेमा २२, लमजुङमा १६, रुपन्देहीमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।