ब्युटी न्युज नेपाल
काठमाडौं, २९ चैत
आज आईतबार नेपालमा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७,५१७ पीसीआर परीक्षण गर्दा १ हजार ६९४ जना र ४८८९ एन्टिजेन परीक्षण गर्दा ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४५३, कास्कीमा १५८, ललितपुरमा ११२, नुवाकोटमा ९१ र झापामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै मोरङमा ६१, भक्तपुरमा ५८, सिन्धुपाल्चोकमा ५७, लमजुङमा ५१, रूपन्देहीमा ४७, धादिङमा ४३, सिहरामा ४१ र गोरखामा ३९ जना कोरोना संक्रमित थपिएका छन् ।
तनहुँमा ३०, सप्तरी, सर्लाहीमा २५, सुनसरीमा २४, धनुषा र काभ्रेपलाञ्चोकमा २३/२३ जना, सिन्धुलीमा २२, बाँकेमा २१, अछाममा १९, दाङमा १४, रौतहटमा १३, म्याग्दीमा१२, बर्दियामा ११, कञ्चनपुरमा १० जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै स्याङजा, अर्घाखाँची, नवलपरासी पश्चिम र कैलालीमा ८/८ जना, महोत्तरीमा ७, उदयपुर र कपिलवस्तुमा ६/६ जना, रामेछाप र डोटीमा ४ /४ जना,मकवानपुरमा ३, पाँचथर,संखुवासभा, पर्सा, रसुवा, बागलुङ, पाल्पा र रूकुम पुर्वमा २/२ जना तथा इलाम, ओखलढुंगा, धनकुटा, भोजपुर, सोलुखुम्बु, बारा, चितवन, नवलपरासी पूर्व, पर्वत, गुल्मी, प्युठान, सल्यान, बझाङ, बाजुरा र बैतडीमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका ४८ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेरस समूहका १७१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४६ जना पुगेको छ ।