ब्युटी न्युज नेपाल
काठमाडौं, २८ जेठ,
आज शुक्रबार नेपालमा ३ हजार ७५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ५९८ पीसीआर परीक्षणमा २ हजार ७०९ जना र ५ हजार ५८४ एन्टिजेन परीक्षणमा १ हजार ०४१ जना गरी ३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घन्टामा ५ हजार २२५ जना कोरोनाबाट मुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना मुक्त हुनेको सँख्या ५ लाख २० हजार ८१६ जना पुगेका छन् । यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट ६७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म मृत्यु हुनेको सँख्या ८ हजार ३०५ जना पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९२१, ललितपुरमा १६३, मोरङमा १५१ तथा नुवाकोट, कास्कीमा ११७/११७ जना र सुर्खेतमा ११६ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सुनसरीमा ८४, चितवनमा ८३,कैलालीमा ७१, भक्तपुरमा ५६, नवलपरासी पूर्वमा ५४, काभ्रेमा ५०, मकवानपुरमा ४९ र धनुषामा ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।
झापा र सिन्धुपाल्चोकमा ३५÷३५ जना, जुम्लामा ३२, दाङमा ३३, तनहुँमा २८, कञ्चनपुरमा २३, धादिङमा २२, सिन्धुली र कपिलवस्तुमा २०÷२० जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै सप्तरीमा १९, दोलखामा १८, गुल्मी र पाल्पामा १७/१७ जना, सिरहा, लमजुङ र बर्दियामा १५/१५ जना, नवलपरासी पश्चिममा १३, संखुवासभमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनकुटा, रामेछाप,गोरखा रम्याग्दीमा ९/९ जना, रोल्पा र बाँकेमा ८/८ जना, उदयपुर, तेह्रथुम, बारा, महोत्तरी र अर्घाखाँचीमा ७/७ जना, सर्लाही र स्याङ्जामा ६/६ जना, पर्सा, रौतहट र रसुवामा ५/५ जना, ताप्लेजुङ, सल्यान र डोटीमा ४/४ जना, इलाम, सोलुखुम्बु, बागलुङ र डडेलधुरामा ३/३ जना, खोटाङ, भोजपुर,प्युठान, जाजरकोट र रूकुम पश्चिममा २/२ जना तथा ओखलढुंगा, डोल्पा, मुगु, दार्चुला, बाजुरा र बैतडीमा १/१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।