ब्युटी न्युज नेपाल
काठमाडौं, २१ जेठ
नेपालमा आज शुक्रबार थप ६ हजार ६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार १८२ पीसीआर परीक्षणमा ४६२४ र ६६३१ एन्टिजेन परीक्षणमा २०२९ गरी ६ हजार ६५३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ । यस्टै पछिल्लो २४ घन्टामा ८ हजार ६६३ जना निको भएका छन् । योसँगै हालसम्म नेपालमा कोरोना निको हुनेको कुल संख्या ४ लाख ७६ हजार १३० जना पुगेको पनि मन्त्रालयले जनाएके छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८९७, मोरङमा ३११, ललितपुरमा २९९, कास्कीमा २८२, सुनसरीमा १९९, भक्तपुरमा १८८, झापामा १६९, ओखलढुंगामा १४४, सिन्धुपाल्चोकमा १३९, धनुषामा १३३ र काभ्रेपलाञ्चोकमा १२० जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै चितवन र मकवानपुरमा ९२/९२ जना, सुर्खेतमा ८६, रूपन्देहीमा ८५, बारामा ८१, गोरखामा ७०, बर्दियामा ६८, धादिङ, स्याङजा र बाँकेमा ६५/६५ जना, नुवाकोटमा ६१, सिरहामा ५८,नवलपरासी पूर्वमा ५७, दाङ र कैलालीमा ५१/५१ जना तथा तनहुँमा ५० जना कोरोना संक्रमित थपिएका छन् ।
रामेछापमा ४८, अछाममा ४७, सप्तरीमा ४३, कपिलवस्तुमा ४१, कञ्चनपुरमा ३८, सर्लाहीमा ३५,सिन्धुलीमा ३३,डोटीमा ३२, डडेल्धुरामा २८, रौतहटमा २७, उदयपुरमा २५, दैलेखमा २२, नवलपरासी पश्चिममा २० जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै पर्सामा १९, पाल्पामा १८, रूकुम पश्चिममा १७, महोत्तरी र अर्घाखाँचीमा १५/१५ जना, दोलखामा १२, प्युठानमा ९, रोल्पामा ७, पर्वत र सल्यानमा ६/६ जना, सोलुखुम्बु, बागलुङ र जुम्लामा ५/५ जना, धनकुटा, भोजपुर र बैतडीमा ४/४ जना, इलाम, संखुवासभा र कालिकोटमा ३÷३ जना, खोटाङ, जाजरकोट, मुगुमा २/२ जना तथा पाँचथर, रसुवा, गुल्मी, रूकुम पुर्व, हुम्ला, बझाङ र बाजुरामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।