ब्युटी न्युज नेपाल
काठमाडौं, २१ जेठ
उपप्रधान सहित विभिन्न ७ वटा मन्त्रालयको जिम्मेवारी लिँदै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा गएको छ । जसपाका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा बाँकी साँसदहरु सरकारमा गएका हुन् । जसपाबाट राजेन्द्र महतो सहित शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बनेका छन् ।
ओली सरकारमा राजेन्द्र महतोले उपप्रधान तथा शहरी विकास मन्त्री पाएका छन् । यस्तै सरदसिंह भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । अनिल झाले खानेपानी मन्त्रालय र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएका छन् । यस्तै विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, उमाशँकर अरगरियालाई युवा तथा खेलकुद मन्त्री भएका छन् ।
यस्तै चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मिया वन तथा वातावरण् मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङलाई महिला बालबालिका राज्यमन्त्री बनाइएको छ । उनीहरुले यतीबेला आ आफ्नो पदको सपथ ग्रहण गरिरहेका छन् ।