ब्युटी न्युज नेपाल
काठमाडौं, १५ जेठ
गत चैत १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दूध बोक्ने गाडीलाई एम्बुलेन्स सरह सडकमा गुड्न पाउने घोषणा गरेका थिए । तर यतीबेला ओली सरकारकै प्रहरीले निषेधाज्ञाको आडमा दूध बोक्ने गाडी पनि चल्न दिएका छैनन् । विभिन्न ठाउँबाट दुध बोकेर आएका करिब २ सय वटा गाडीलाई प्रहरीले काठमाडौं प्रवेश गर्न नदिएपछि यतीबेला त्यसको दूग्ध उत्पादक तथा वितरकहरुले भत्सर्ना गरेका छन् ।
शुक्रबार बिहानभरीको बादबिबाद पछि ती गाडीलाई ९ बजेपछि मात्र काठमाडौं छिर्न दिईएको थियो । शनिबार पनि यो समस्या देखिएको भन्दै दूध उत्पादकहरुले त्यसको विरोध जनाएको हुन् ।
निषेधाज्ञाको बेला दूध बोक्ने गाडीहरुलाई पनि रोकिएको भन्दै दूग्ध उत्पादक तथा वितरकहरुले विरोध गरेका हुन् । डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनले संयुक्त विज्ञप्ति जारी गर्दै दूध ढुवानी र वितरणमा भएको अवरोध हटाउन सरकारको ध्यानाकर्षण भनिएको छ,‘बन्द हड्ताल र यस अघिको लकडाउनमा पनि निर्वाध सञ्चालनमा आएको दूधको ढुवानी नरोक्न सरकारको ध्यानाकर्ष गराउन चाहन्छौं,’ दूधको ढुवानीमा हुने अवरोधले किसानदेखि दूधको उपभोक्तासम्मको चक्र प्रभावित हुने भन्दै अविलम्ब यसलाई सहजीकरण गरिदिन संघ र एशोसिएसनले अनुरोध गरेका छन् ।