आज कोरोनाबाट १०६ जनाको मृत्यु,६९३९ जना सँक्रमित, ७२२६ जना कोरोना मुक्त


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ जेठ,

आज बिहिबार कोरोनाबाट ६ हजार ९३९ जना सँक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी ६ हजार ९३९ नयाँ संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना जित्नेको सँख्या ४ लाख १८ हजार ८२९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६,९५१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो २४ घन्टामा सबैभन्दा धेरै काठमाडौंमा १ हजार ७३८ जना सँक्रमित भएका छन् । यस्तै मोरङमा ४१०, ललितपुरमा ३६४, कास्कीमा ३५८, भक्तपुरमा २६५ र काभ्रेपलाञ्चोकमा २३३ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै चितवनमा १९८, धादिङमा १८८, सुनसरीमा १८६, गुल्मीमा १७५,नुवाकोटमा १६५,सिन्धुपाल्चोकमा १५०, रुपन्देहीमा १४०,सुर्खेतमा १२४,झापामा ११८,कैलालीमा ११२,मकवानपुरमा १०२, धनुषामा ९५, अछाममा ९७,बारामा ८९,सर्लाहीमा ८६, सिरहामा ८३, सिन्धुलीमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दाङमा ६५, कपिलवस्तु र पाल्पामा ६६/६ जना, महोत्तरी र तनहुँमा ६१/६१ जना, नवलपरासी पुर्वमा ५८, लमजुङमा ४८,दोलखामा ४५, रामेछापमा ४४, सल्यानमा ४२ र सप्तरीमा ४० जना संक्रमित थपिएका छन् ।

यस्तै पर्वत र स्याङजामा ३८/३८ जना,संखुवासभामा ३७,रौतहटमा ३२, तेह्रथुममा ३१,बाँकेमा ३०,कञ्चनपुरमा २९,पर्सामा २७, दैलेख र दार्चुलामा २५/२५ जना, डडेलधुरामा २३,धनकुटामा २२,पाँचथरमा २१,ताप्लेजुङ र म्याग्दीमा २०/२० जनामा संक्रमण देखिएको छ ।
बैतडीमा १५, बर्दियामा १४,अर्घाखाँचीमा १३,रुकुम पश्चिममा १२, डोटीमा ९,ओखलढुंगा र नवलपरासी पश्चिममा ८/८ जना,खोटाङमा ७,भोजपुर, रोल्पा र कालिकोटमा ६÷६ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै उदयपुर, रसुवा र बाग्लुङमा ५/५जना,इलाममा ४,सोलुखुम्बु, रुकुम पुर्व र जुम्लामा २/२ जना तथा मुस्ताङ, प्युठान, जाजरकोट र बझाङमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।