खाद्यान्न पसल ७ दिन पूर्ण बन्द, साल्ट ट्रेनिङ र खाद्य कम्पनीबाट घरमै मगाउन पर्ने


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ जेठ

१४ जेठबाट काठमाडौं उपत्यकाका सम्पूर्ण खाद्यान्न पसल पूर्ण रुपमा बन्द गर्ने घोषणा काठमाडौं उपत्यकाका जिल्ला प्रशासन प्रमुखहरुले गरेका छन् । काठमाडौं उपत्यकामा कोरोनाको महामारी अझै बढेको र खाद्यान्न पसलमा हुने भिडभाडले कोरोनाको जोखिम अझ बढाएकाले यी पसललाई पनि बन्द गर्नु परेको सिडियो कार्यालयले बिज्ञप्ति मार्फत जनाएको छ ।

काठमाडौं उपत्यकामा १४ जेठबाट २० जेठसम्म ७ दिनका लागि फेरी निषेधाज्ञा बढाईएको छ । यसपटकको निषेधाज्ञा अझ कडा गर्ने भनिएको छ । यो अबधिमा कसैलाई खाद्यान्नको समस्या भएमा नेपाल खाद्य व्यबस्थापन तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेनिङ कर्पोरेशन लिमिटेडमा फोन गरेर घरमै मगाउने भन्दै सिडियो कार्यालयले उनीहरुको फोन नम्बर सहितको विज्ञप्ति जारी गरेको छ । यसलाई खाद्यान्न व्यापारीहरुले खाद्य ब्यापार कम्पनी र साल्ट ट्रृेनिङको मिलोमतोमा उनीहरुको व्यापार बढाउन यस्तो नियम ल्याईएको भन्दै विरोध जनाएका छन् ।