ब्युटी न्युज नेपाल
काठमाडौं, १२ जेठ,
नेपालमा कोरोना सँक्रमणको महामारी बढीरहेको बेला चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा दिने भएको छ । बुधबार दिउँसो नेपालका राष्ट्रपति विधादेबी भण्डारीले नेपालका लागि कोरोना बिरुद्धको भ्याक्सिन आबस्यक खरिद गर्न सहज बातावरण बनादिन आग्रह गर्दै चीनका राष्ट्रपति सी जिनपिङसँग कुराकानी गरेकी थिईन् । सो क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । यस अघि पनि चीनले भ्याक्सिन अनुदानमा दिएको थियो ।
राष्ट्रपति कार्यालयका अनुसार दुई राष्ट्रपतिबीच करिब ४० मिनेट कुराकानी भएको छ,‘कोभिड–१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु हाम्रो पहिलो दायित्व बनेको छ त्यसैले नेपाली जनतालाई आवश्यक पर्ने मात्रामा चीनबाट खोप खरिद गर्न हामी इच्छुक छौं, यस प्रक्रियामा सहजीकरण गरिदिन म महामहिम राष्ट्रपतिलाई आग्रह गर्दछु’ राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिसँगको कुराकानीमा भनिन् ।
जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको अभिन्न मित्र रहीआएको र नेपालले मागेको सहयोगबारे अधिकारीहरुसँग बुझ्ने बताएका राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जनाएका छन् । ढकालका अनुसार सोही क्रममा सीले १० लाख डोज अनुदानको रुपमा दिने र बाँकी खरिद प्रक्रियाको बारेमा सहज वातावरण बनाउने बताएका हुन् ।