ब्युटी न्युज नेपाल
काठमाडौं, २८ बैशाख
कोरोनाको सँक्रमण झन तिब्र रुपमा फैलिएपछि काठमाडौं उपत्यकामा भोलीबाट अरु १५दिन निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले सँयुक्त बैठक बसेर मँगलबार यसतो निर्णय गरेका हुन् । सो निर्णय अनुसार निषेधाज्ञा आगामी जेठ १३ सम्मका लागि थप गरिएको छ ।
यस अघि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा पहिलो पटक वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेका थिए । त्यसपछि निषेधाज्ञा एक हप्ता थप गरेर वैशाख २९ गतेसम्म पु¥याइएको थियो । यसपटक एकै चोटी १५ दिन थपिएको हो ।
राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय समेत प्रजिअहरुको बैठकमा भएको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताएका छन् । बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने निर्णय गरेको बस्नेतले बताएका छन् । अत्यावश्यक सेवाबाहेकका गाडी पनि चलाउन रोक लगाइएको छ ।
बधुबारबाट पूर्व घोषित निषेधाज्ञा सकिँदै गर्दा निषेधाज्ञा सकिनु एक दिनअघि प्रजिअहरुको बैठकले १५ दिन थप गरेको हो । निषेधाज्ञामा औषधि पसल दिनभर तथा अत्यावश्यक खाद्यवस्तु र तरकारीका पसल विहान १० बजेसम्म खोल्न पाइन्छ ।