ब्युटी न्युज नेपाल
काठमाडौं, २७ वैशाख
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट आज दिउँसो संसदबाट विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई वैशाख ३० गते राति ९ बजेभित्र बहुमतीय सरकार गठन गर्न आह्वान गरेकी छिन् । सोमबार बेलुका एक विज्ञप्ति जारी गर्दै उनले यस्तो आह्वान गरेकी हुन् ।
संविधानको धारा ७६ को उपधारा (२) बमोजिम २०७४ फागुन ३ गते नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मत आज पाएनन् । सोही कारण राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई आग्रह गरेकी हुन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई तोकिएको समयभित्र राष्ट्रपतिसमक्ष आफ्नो दाबी पेश गर्न राष्ट्रपति कार्यालयले आह्वान गरेको छ ।