ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ बैशाख
बिगत दुई दशकदेखि व्युटिसियनको रुपमा सक्रिय कञ्चन श्रेष्ठले काठमाडौंको नयाँ बानेश्वर चोकमा सुविधा सम्पन्न नयाँ व्युटी सलुन रिभाम्प ब्युटी प्वाईन्टको शुभारम्भ गरेकी छिन् । सो व्युटी प्वाईन्टको उद्घाटन समारोहकी प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी काररंजितले उद्घाटन गरेका छन् ।
रोज शिप बिकास तालिम केन्द्रकी अध्यक्ष तथा प्रमुख अतिथि बरिष्ट ब्युटिसियन सोनी कारंजितले पार्लरको रिबन काट्दै आफ्ना बिध्यार्थीहरुले शिप सिकेर आत्मानिर्भर भएकोमा खुसी ब्यक्त गरिन् । रिभाम्प ब्युटी प्वाईन्ट नयाँ बानेश्वर जस्तो व्यबसायिक स्थानमा भएकाले यो पार्लरले राम्रो आम्दानी गर्ने विश्वास उनले ब्यक्त गरिन् । कञ्चनलाई ब्यबसायिक सफलताको शुभकामना दिँदै उनले कञ्चनले लामो समय यो क्षेत्रमा काम गरेर आफुलाई परिपक्क बनाई पार्लर खोलेका कारण स्तरीय सेवा दिने बताईन् ।
आफ्नो ब्यबसायिक सफलताको श्रेय आफ्नो परिवार तथा आफ्नी गुरुआमा सोनी काररंजितलाइ दिने उनले उहाँहरुको नै हौसला तथा प्रेरणाले गर्दा आफुले ब्यबसाय सुरु गरेर आत्मानिर्भर बनेको बताइन। सौन्दर्यकर्मी उषा गुरुँग, सञ्चारकर्मी सूर्य चन्दले पनि कञ्चनलाई सो कार्यक्रममा सफलताको शुभकामना दिए ।
युवा ब्यबसायी सौन्दर्यकर्मी कन्चन श्रेष्ठ द्वारा सञ्चालित रिभाम्प ब्युटी प्वाईन्ट सो क्षेत्रको अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो । बिगत लामो समय देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ आफ्नै ठाउँमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको रिभाम्प ब्युटी प्वाईन्टमा अनुभबी सौन्दर्यकर्मी मार्फत ग्राहकहरुलाइ सेवा सुबिधा प्रदान गरिन्छ भने महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने कुरा सौन्दर्यकर्मी कन्चन श्रेष्ठले बताइन ।