ब्युटी न्युज नेपाल
काठमाडौं, २० माघ
आरती खड्का र पत्रकार उत्बस रसाईलीले आफुमाथि हातपात गरेको भन्दै अभिनेत्री सुस्मा कार्कीले मंगलबार दिउसो महानगरीय प्रहरी बृत्त दरवारमार्गमा उजुरी दिएकी छिन् । सो उजुरीमाथि छानविन भईरहेको र दुबै पक्षलाई बुधबार बोलाएर छलफल गर्ने प्रहरीले जनाएको छ ।
आरती खड्का अभिनेत्री श्वेता खड्काकी बहिनीे हुन् । उनले आफु र पत्रकार उत्सबमाथि सुस्माले दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । सोमबार राती दरबारमार्ग स्थित लण्डन क्याफेमा आफुमाथी दुब्र्यबहार भएको भन्दै सुस्माले उजुरी दिएको प्रहरीको भनाई छ ।
घटनामा संलग्न पत्रकार उत्सबले सुस्माले आफुलाई जातिय टिप्पणी गर्दै अपमान गरेकाले श्वेताकी बहिनी आरतीले आफुलाई प्रोटेस्ट गर्दै सुस्मालाई एक थप्पड हानेको बताएका छन् । सुस्माले आफ्नो मानहानी गरेको पनि उत्सबले बताएका छन् ।