‘बिहे पास’ मा दयाहाङ र प्रकृति


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ माघ

प्रवेश पौडेलले निर्देशनमा बन्ने नयाँ चलचित्र बिहे पासमा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भएका छन् । प्रबेशले यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए । यो चलचित्र समाजीक बिषयमा केन्द्रित हुनेछ ।

चलचित्र होस्टेलबाट डेब्यु गरेकी अभिनेत्री प्रकृति श्रेष्ठ त्यसपछि दाम्पत्य सम्बन्धमा बाँधिइन् । उनी यही चलचित्रबाट पुन फिल्ममा फर्कन लागेकी हुन् । स्कृप्ट र टिम राम्रो भएकाले फिल्म खेल्न तयार भएको प्रकृतिले बताएकी छिन् ।

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन चैत्र पहिलो साताबाट सुरु हुने जानकारी निर्देशक पौडेलले दिएका छन् ।

आकाश बराल,सजन काफ्ले र मुरे केरको लेखन रहेको ‘बिहे पास’ का अन्य कलाकार तथा प्राबिधिकको छनौट कार्य जारी रहेको छ । सामाजीक बिषयमा प्रचुर मात्रामा हास्यरस मिसाएर निर्माण गरिन लागीएको फिल्मको सुटिङ तराई भेगमा गरिने बताइएको छ ।