ब्युटी न्युज नेपाल
काठमाडौं, २६ असोज
मौलिक गीत संगीतलाई प्रोत्साहन गर्ने उदेश्यले नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७ विभिन्न ६२ विधामा प्रदान गरिएको छ । कोरोनाको महामारी बीच पनि सामाजिक दुरी कायम गर्दै राजधानीमा यो अवार्ड प्रदान गरिएको हो । विभिन्न क्षेत्रमा उल्लेख्य योगदान दिएका श्रष्टाहरुलाई कार्यक्रममा विशिष्ट सम्मान पनि गरिएको छ ।
विभिन्न क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई शहरी विकाश राज्यमन्त्री रामबीर मानन्धरले सम्मान प्रदान गरेका हुन् । उनले ब्युटिसियन क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष बरिष्ट व्युटिसियन सोनी कारंजित, रश्मिला फेसियल हाउसकी बरिष्ट ब्युटिसियन रश्मिला श्रेष्ठ, ब्युटिसियनहरु रिना अवाले, अनिता गुरुङ, उषा गुरुङलाई सम्मान गरे ।
पत्रकारद्धय शान्तिप्रिय र पुरुषोत्तम बस्नेतलाई पनि सम्मान गरियो । पत्रकारितामा उल्लेख्य योगदान दिएको भन्दै शान्तिप्रिय र पुरुषोत्तमलाई सम्मान गरिएको कार्यक्रममा बताईयो ।
गायनमा पछिल्लो समय उल्लेख्य योगदान दिएर थुप्रै सफल गीत ल्याएको भन्दै गायिका सरिता भारतीलाई पनि मन्त्री मानन्धरले सम्मान गरे । ब्युटी न्युज नेपालकी समाचार संयोजक सरिता केही समय यताबाट गायनमा सक्रिय छिन् ।
यस्तै इभेन्ट डिरेक्टरको रुपमा उल्लेख्य योगदान पुर्याएको भन्दै रिवन इन्टरटेनमेन्टका निशुकान्त झालाई बेस्ट इभेन्द डिरेक्टर अवार्ड प्रदान गरे ।
यस्तै मन्त्रीले फेशन डिजाईनर इन्ता श्रेष्ठ, गोमा अधिकारी धिताल, कल्पना योङहाङ लिम्बुलाई पनि सम्मान गरे । कलाकारबाट गीतकार सावित्री चिलुवाल, भिष्मराज फुलारा, दीपक डोटेल, चलचित्र निर्देशक समुन्द्र भट्ट, इभेन्ट म्यानेजमेन्टबाट लबवहादुर कार्की, सम्मानित भए ।
यस्तै सामाजिक अभियान्ता धनु सिंजाली, रोजी गुरुङ, अन्जु बुढाथोकी, खेलाडी प्रतीक श्रेष्ठ, पनि सम्मानित भए ।
नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील रहेका कलाकारहरुलाई सम्मान स्वरुप अवार्ड आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष सूर्य चन्दले कार्यक्रममा बताए ।
सरोज कोईरालाले सञ्चालन गरेको कार्यक्रममा ६२ विधामा अवार्ड प्रदान गरियो । अधुनिक गायिकामा, सोना अमात्य, आधुनिक गायकमा आभास श्रेष्ठ, आधुनिक संगीतकारमा विकास चौधरी, आधुनिक पुरुष गीतकारमा हरि उप्रेती, महिला आधुनिक गीतकारमा तारा अधिकारी, अधुनिक युगल गायनमा शिखर सन्तोष र सुष्ममा पूर्णिमा अर्याल, पपुलर गायिकामा सुजाता केसी, पपुलर गीतकार आधुनिकमा प्रतिमा गुरुङले अवार्ड प्राप्त गरे ।
यस्तै गौतम खातीले आधुनिक गीत पुरुष मोडल अवार्ड, सरिता श्रेष्ठ ‘सारा’ले आधुनिक गीत महिला मोडल अवार्ड, जसबहादुर याख्खाले आधुनिक गीत भिडियो निर्देशन अवार्ड, हाङ चेमजोङले वर्षको पपुलर म्युजिकि भिडियो निर्देशन अवार्ड, प्रतिक्ष खड्काले पपुलर म्यूजिक भिडियो मोडल अवार्ड हाँसिल गरे । आधुनिक गीतसँगीतबाटै गायिका विधा तिवारी, मञ्जु उपासनाले जुरी अवार्ड, सुजना बर्देवा र समीर खानले नव मोडल अवार्ड पाए । यस्तै संगीतकार सरोज कोईरालाले जुरी अवार्ड, सुरजथ पौडेलले पपुलर गायक अवार्ड पाए ।
लोक आधुनिक गायनमा उषा मलाहा, पप आधुनिक गायनमा गायिका डा.रानी शाक्यले, लोक आधुनिक युगल गायनमा सहिमा श्रेष्ठ र विक्रम रानाले, लोक आधुनिक गीतको भिडियोमा सुजल बम, श्रद्धा भुसालले र दशैं गीतको अवार्ड लोक पौडेलले हाँसिल गरे ।
पप तर्फ मानसराजले उत्कृष्ट गायक अवार्ड, लक्ष्मी पुरी प्रधानले गायिका अवार्ड, राजकुमार देवकोटाले वन गायक अवार्ड प्राप्त गरे । पप तर्फ पुरुष मोडल अवार्ड राजु ग्याबक, पपतर्फ गायकबाट जुरी अवार्ड चिरञ्जीवी भण्डारीले गायिकाबाट जुरी अवार्ड नम्रता तामाङले प्राप्त गरे ।
तीज गीततर्फ गायिकाको अवार्ड धनकुमारी थापा सरुले, संगीतकारको अवार्ड इन्द्र बहादुर दाहालले, गीतकारको अवार्ड गीता अधिकारीले, वर्षको पपुलर गायिका अवार्ड, कोपिला गौतमले, तिज गीत नवगायिकाको अवार्ड यमुना अर्यालले प्राप्त गरे । तीज गीत म्युजिक भिडियो मोडल अवार्ड पुरुषतर्फ समिर खानले र महिलातर्फ अस्मिता जुरेलीले, म्युजिक भिडियो नवमोडलको अवार्ड प्राप्त गरे । कुसुम दुलाल ‘सिम्रन’ले, मौलिक गीतको अवार्ड सुनिला गुरुङले यो अवार्ड प्राप्त गरे ।
नव गायक लोकदोहोरी अवार्ड नवीन पौडेलले, लोकदोहोरी इन्करेजमेन्ट अवार्ड प्रतिक्षा केसीले, वर्षको उत्कृष्ट चित्रकार अवार्ड कलाकार ज्योति प्रकाशले, राष्ट्रिय भावको गीतको अवार्ड रुद्रसेन विश्वकर्माले प्राप्त गरे ।
लोकदोहोरी विधामै म्यूजिक भिडियो महिला मोडल अवार्ड सोनाम गुरुङले पुरुष मोडल अवार्ड अवतार शाक्यले, लोकदोहोरी वर्षको पपुलर मोडल अवार्ड रिना थापा मगरले, पब्लिक च्वाइस अवार्ड एसके दाहालले प्राप्त गरे । कोशिष क्षत्रीलाई राष्ट्रिय भावको गीत संगीतमा क्रिटिक्स अवार्ड प्रदान गरियो ।
सोही कार्यक्रममा पूर्वेली युगल गायन अवार्ड मेनुका राई र युवा राईलाई, पूर्वेली लोक गायक अवार्ड केशव राईलाई, गायिकाको अवार्ड सविता परियारलाई, लोकदोहोरी गायकको अवार्ड कृष्ण बहादुर सुवेदीलाई, लोकदोहोरी नव गायिका अवार्ड सोनु सिंहलाई, लोकदोहोरी संगीतकार अवार्ड मनोहर सुनामलाई, लोकदोहारी गीतकार अवार्ड भोला पौडेललाई, लोकदोहोरी वर्षकोे पपुलर गायिका अवार्ड सिता केसीलाई लोकदोहोरी वर्षको पपुलर गायकको अवार्ड लबकुमार भट्टलाई प्रदान गरियो ।
शहरी विकाश राज्यमन्त्री रामबीर मानन्धरले कार्यक्रममा बोल्दै यस्ता सम्मान र अवार्डले कलाकारहरुलाई आफ्नो क्षेत्रमा अघि बढ्ना प्रोत्साहन मिल्ने बताए । उनले सबैलाई बधाई ज्ञापन गरे ।
यस्तै चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा, सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानलगायतले पनि अवार्डको चर्चा गरे ।
सूर्य चन्दको अध्यक्षतामा सम्पन्न यो अवार्डको आयोजकमा पत्रकार सुमन पण्डित, सविता पोखरेल, तुलसी गिरी भावुक तथा सल्लाहकारमा निर्देशकद्धय मोहन निरौला, दिनेश डिसी, पत्रकार बिदुर गिरी, कलाकार नवराज श्रेष्ठ, गायिका देविका बन्दना लगायत थिए ।