ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ भदौ,
नेपालमा आज बुधबार १ हजार ५३९ जनाका कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा ४०४ महिला र ११३५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित आजकै हो । यो सँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र १०६८ जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म नेपालमा ४१ हजार ७०६ जना कोरोना मुक्त भएको पनि डा. गौतमले बताएका छन् । देशभरमा हाल १६ हजार २४२ जना विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत छन् ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ७३७ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका ६५२ छन् भने ललितपुरका ६० र भक्तपुरका २५ जना छन् ।
यस्तै सिराहाका २७४ जना, सुनसरीका ७०, मकपानपुरका ४९, रुपन्देहीका ४५, सप्तरी र बाँकेका ४४र४४ जना, मोरङका ३५, सल्यानका ३३, कास्कीका ३२, झापा र गोरखाका १९र१९ जना, काभ्रेका १८, सुर्खेत र कैलालीका १४र१४ जना, अर्घाखाँचीका ९ र दाङका ८ जनामा संक्रमण पुष्टि भएको छ ।
पर्साका ७ जना, भोजपुर र नवलपुरका ५र५ जना, बाग्लुङ र नवलपरासीका ४र४ जना, धनुषा, दोलखा, तनहुँ र रोल्पाका ३र३ जना, धनकुटा, लजमुङ, स्याङ्जा, गुल्मी, पाल्पा, बर्दिया र दैलेखका २र२ जना तथा उदयपुर, ओखलढुंगा, खोटाङ, बारा, महोत्तरी, रौतहट, सर्लाही, चितवन, नुवाकोट, रामेछमप, सिन्धुपाल्चोक, सिन्धुली, म्याग्दी, कपिलवस्तु, जाजरकोट, रुकुम पूर्व र अछामका १र१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा देशमा ८ जनाको कोरोना सँक्रमणबाट मृत्यु भएको छ । मृतकमा ४ जना पुरुष र ४ जना महिला रहेका छन् । मृतक पुरुषहरुमा सुनसरीका १ जना, सप्तरीका १ जना, काभ्रेका १ जना र कास्कीका १ जना रहेको छन् । यस्तै मृतक महिलाहरुमा काठमाडौंका २ जना, काभ्रेका १ जना र बाराका १ जना रहेका छन् । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३७९ जना पुगेको छ ।