आज ९७९ जना सँक्रमित, थप ११ को निधन, मृतक ३०० पुगे 


ब्युटी न्युज नेपाल

काठमाडौं, २२ भदौ 

आज सोमबार देशभर ९७९ जनामा कोरोना सँक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा देशभरका विभिन्न ल्याबमा गरिएको ९ हजार २१८ जनाको पिसिआर परिक्षणमा ९७९ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । यो सँगै नेपालमा हालसम्म ४७ हजार २३६ जनामा कोरोना सँक्रमण भईसकेको छ ।

काठमाडौं उपत्यकामा ३२६ सँक्रमित
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३२६ जनामा कोरोना सँक्रमण भएको छ । जसमा काठमाडौंमा २९३ जना, ललितपुरमा २० जनार भक्तपुरमा १३ जना नयाँ सक्रमित रहेका छन् ।

१७३६ जना डिस्चार्ज 

यस्तै पछिल्लो २४ घन्टामा देशभरका विभिन्न आईसोलेसन सेन्टरबाट कोरोनालाई जितेर १ हजार ७३६ जना डिस्चार्ज भएको पनि डा. गौतमले बताएका छन् । यो सँगै हालसम्म कोरोनालाई जितेर नेपालमा ३० हजार ६७७ जना डिस्चार्ज भईसकेका छन् ।  यतीबेला देशका विभिन्न आईसोलेसन सेन्टरमा १६ हजार २५९ जना उपचाररत रहेको पनि डा. गौतमले बताए । यस्तै विभिन्न क्वारेन्टाईनमा आज ४ हजार ७३६ जना रहेका छन् ।

थप ११ जनाको मृत्यु, मृतक ३०० पुगे 

यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट ११ जनाको मृत्यु भएको छ । मृतकमा महिलातर्फ काठमाडौंमा ३ जना , कास्कीमा १ जना, बाँकेमा १ जना रहेको छन् । यस्तै मृतकमा पुरुषतर्फ मोरङमा १, सिराहामा २, सर्लाहीमा १, दोलखामा १ र मकवानपुरमा १ जना रहेका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३०० जना पुगेको पनि डा. गौतमले बताएका छन् ।