ब्युटी न्युज नेपाल
काठमाडौं, ८ भदौ,
मुलुक फेरी लकडाउन र निषेधाज्ञा (कफ्र्यु)को चपेटामा परेको छ । देशका आधा जसो जिल्लामा कोरोना सँक्रमण ह्वात्तै बढेपछि सम्बन्धित जिल्ला प्रशासन कार्यायलले निषेधाज्ञा जारी गरेको छ ।
कोरोनाको सँक्रमण बढेका ठहर सहित यतीबेला मुलुकका ३५ जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । जसका कारण ती जिल्लामा सर्वसाधारणलाई घर बाहिर हिड्न पूर्ण बन्देज लगाईएको छ । यस्तै १२ जिल्लामा आंशिक निषेधाज्ञा समेत जारी गरिएको छ ।
गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार सोमबारसम्ममा सप्तरी, धुनषा, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।
यस्तै नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्युठान, दैलेख, गुल्मी, कञ्चनपुर, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन र बैतडीमा पनि जिल्लाभर निषेधाज्ञा छ ।
स्थानीय प्रशासन ऐन, २०२८ र मन्त्रिपरिषदको निर्णय बमोजिम संक्रमण बढी देखिएको स्थानमा सीडीओहरुले निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।
आंशिक निषेधाज्ञा लागु गरिएका जिल्लामा नुवाकोट, जुम्ला, मोरङ, दार्चुला, झापा, मकवानपुर, धादिङ, उदयपुर, तनहुँ, सुर्खेत, बाग्लुङ, पश्चिम रुकुम र जाजरकोट छन् ।