काठमाडौं उपत्यकामा खाद्यान्न र फलफूल पसल बिहान ९ः१५ सम्म मात्र खोल्न पाईने


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ भदौ,

पसले तथा उपभोक्ताले अटेर गरेर निषेधाज्ञामा दिनभर पसल चलाएपछि काठमाडौं, भक्तपुर र ललितपुरमा खाद्यान्न तथा तरकारी पसल आज सोमबारबाट बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने भएको छ । तीन वटै जिल्लाको जिल्ला प्रशासन कार्यालयले पसल खुलाका कारण दिनभर नागरिकको आबत जावत बढेको भन्दै बिहान ५ देखि ९ः१५ बजेसम्म तरकारी र खाद्यान्न पसल खोल्न निर्देशन दिएको हो ।

काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले यो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सञ्चारकर्मीलाई बताएका छन् । अत्याबस्यक मानिएका खाधान्न दुध, पानी, फलफूल, तरकारी, माछामासुको बिक्री बिहान मात्र गर्न दिने निर्णय आफुहरुले गरेको पनि दाहालले बताएका छन् ।

अटेर गर्ने पसले र उपभोक्त दुबैलाई कारवाही हुने पनि उनले बताएका छन् ।अत्याबस्यक सेवामा पर्ने औषधी पसल भने दिनभर खोल्न दिईएको पनि सिडियो दाहालले बताएका छन् ।