ब्युटी न्युज नेपाल
काठमाडौं, ७ भदौ
कोरोना भाइरस (कोभिड १९) बाट यो साता विदेशमा १ जना मात्र नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । बिगतको तुलनामा बिदेशमा कोरोनाबाट नेपालीको मृत्यु हुने क्रम धेरै घटेको छ । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ ।
समितिका अनुसार शनिवार साँझसम्म विदेशमा अहिलेसम्म १६ देशमा जम्मा १९२ जना नेपालीहरुको निधन भएको हा । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान हो ।
स्वास्थ्य समितिका अनुसार यो साता पनि अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको हो ।
स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड १९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भइसकेको छ । सापकोटाले कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजक रहन आग्रह गरेका छन् ।
हाल सम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २ सय ५३ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ ।