ब्युटी न्युज नेपाल
काठमाडौं, ७ भदौ
नेपालमा आज ८१८ जनामा कोरोना सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा ८१८ जनामा कोरोना सँक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना सँक्रमितको सँख्या ३१ हजार ९३५ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २८१ जना कोरोना मुक्त भएको पनि डा. गौतमले बताएका छन् । उनका अनुसार यो सँगै हालसम्म १८ हजार ६३१ जना कोरोनाबाट मुक्त भइ घर फर्किसकेका छन् ।
यस्तै मुलुका विभिन्न आईसोलेसन सेन्टरमा १३ हजार ११५ जना कोरोना सँक्रमित रहेका छन् । यसैगरी नेपालका विभिन्न क्वारेन्टाईन सेन्टरमा ११ हजार ४१४ जना रहेको पनि डा. गौतमले बताए ।
यस्तै कोरोना सँक्रमणबाट नेपालमा मृत्यु हुनेको सँख्या १४९ जना पुगेको छ । पछिल्लो २४ घन्टामा देशभर कोरोना सँक्रमणबाट थप ३ जनाको मृत्यु भएको पनि डा. गौतमले बताएका छन् । झापाका १ पुरुष, पर्साकी १ महिला र सर्लाहीकी १ महिलाको कोरोना सँक्रमणबाट मृत्यु भएको हो ।