ब्युटी न्युज नेपाल
काठमाडौं, ६ भदौ
आज शनिबार नेपालमा ६३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा ६३४ जनामा कोरोना देखिएको हो ।
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १२ हजार ५ सय १९ जनाको पीसीआर परीक्षण गर्दा ६३४ जनामा सँक्रमण पुष्टी भएको पनि डा. गौतमले बताए ।
यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् । पर्साका ५९ जना, मोरङका ५२, सिराहाका ३५, मकवानपुरका ३२, सुनसरीका ३१, बाँकेका २८, चितवनका २७, रुपन्देहीका २३, झापाका १७, कास्कीका १६, कपिलवस्तुका १५, कैलालीका १४ र बाराका १० जनामा संक्रमण देखिएको छ ।
बर्दियाका ७, सल्यानका ६, दोलखाका ४, भोजपुर, धनुषा, रौतहट, सप्तरी, काभ्रे, नवलपुर र नवलपरासीका ३/३ जना, धादिङ, नुवाकोट, तनहुँ, जुम्ला र सुर्खेतका २-२ तथा इलाम, संखुवासभा, महोत्तरी, सर्लाही, सिन्धुली, बाग्लुङ, स्याङ्जा, पाल्पा, प्युठान, रोल्पा, डडेलधुरा र डोटीका १/१ जनामा संक्रमण देखिएको छ । योसँगै कोरोना सँक्रमितको सँख्या ३१ हजार ११७ जना पुगेको प्रवक्ता गौतमले बताए ।
यस्तै पछिल्लो २४ घण्टामा १३६ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । यो सँगै हालसम्म १८ हजार ३५० जना कोरोनाबाट मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताए ।
यतीबेला देशभरका आईसोलेसन सेन्टरमा १२ हजार ६२१ जनाको उपचार भईरहेको छ । यस्तै ११ हजार ६५८ क्वारेन्टिनमा रहेको पनि रहेका प्रवक्ता गौतमले बताए ।
यसै गरी पछिल्लो २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुरका रहेको डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४६ पुगेको छ ।