ब्युटी न्युज नेपाल
काठमाडौं, ५ भदौ
नेपालमा आज शुक्रबार ८३८ जनामा कोरोना सँक्रमण देखिएको छ भने कोरोनाबाट ११ जनाका थप मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभरका विभिन्न सेन्टरबाट १३५८९ जनाको पिसिआर परिक्षण गर्दा ८३८ जनामा कोरोना सँक्रमण देखिएका स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
यस्तै काठमाडौं उपत्यकामा १८२ जनामा संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएको डा. गौतमले बताएका छन् । उनका अनुसार यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या ३० हजार ४८३ जना पुगेका छन् । यस्तै पछिल्लो २४ घन्टामा २५० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा १८ हजार २१४ जना कोरोना मुक्त भई डिस्चार्ज भईसकेका छन् ।
यतीबेला देशभर १२ हजार २३४ जना क्वारेन्टाईनमा रहेको पनि डा. गौतमले बताए । यस्तै १२ हजार १३२ जना विभिन्न आईसोलेसन सेन्टरमा रहेका छन् । नेपालमा आज थप ११ जनाको कोरोना सँक्रमणबाट मुत्यु भएको छ । जसमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १ १ गरी ११ जनाको मृत्यु भएको हो । मृतकमा १० जना पुरुष र एक जना महिला छन् ।
२४ घन्टामा ११ जनाको कोरोनाबाट मृत्यु भएको यो पहिलो पटक हो । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सँख्या १३७ जना पुगेको छ ।