ब्युटी न्युज नेपाल
काठमाडौं, ४ भदौ
नेपालमा हिजो भन्दा आज कोरोना सँक्रमित बढेका छन् । आज बिहिबार ७०७ जनामा कोरोना सँक्रमण देखिएको छ । पछिल्लो जसमा ५१५ जना पुरुष र १९२ जना महिला रहेका छन् । २४ घन्टामा देशभरका विभिन्न ल्याबमा गरिएको परिक्षणमा ७०७ मा कोरोना देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
यस्तै आज काठमाडौं उपत्याकामा २०० जनामा कोरोना देखिएको छ । जसमा काठमाडौंमा १७४ जनामा कोरोना सँक्रमण देखिएको हो । १८ जना ललितपुर र ८ जना भक्तपुरका छन् । यस्तै सर्लाहीका ९३ जना, पर्साका ५५, धनुषा र अछामका ३१/३१ जना, कपिलवस्तुका ३०, मकवानपुरका २५, सिराहा र बझाङका २१/२१ जना, सप्तरी, कास्की र दैलेखका १९/१९ जना, रुपन्देहीका १८, रौतहट, बाँके र डोटीका १६÷१६ जना, महोत्तरीा १५, सुनसरीका १३ जनामा संक्रमण पुष्टि भएको छ ।
तेह्रथुम र मोरङमका ९/९ जना, बारा र बाग्लुङका ८/८ जना, उपयपुर र दाङका ४/४ जना, नुवाकोट, नवलपुर र गुल्मीका ३/३ जना, दोलखा, धादिङ, तनहुँ, बर्दिया र डडेलधुराका २/२ जना तथा झापा, धनकुटा, काभ्रे, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा , प्युठान, कालीकाट, जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत, कैलाली, दार्चुला र बैतडीका १/१ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा हालसम्म २९ हजार ६४५ जना कोरोना सँक्रमित भईसकेका छन् ।
यस्तै देशभरका क्यारेन्टाईन सेन्टरमा ११ हजार ७६८ रहेको पनि डा. गौतमले बताए । यस्तै विभिन्न आईसोलेसन सेन्टरमा ११ हजार ५५५ जना उपचाररत रहेको पनि डा. गौतमले बताए ।
पछिल्लो २४ घन्टामा २५९ जना कोरोना जितेर डिस्चार्ज भई घर फर्किएका छन् । यो सँगै नेपालमा हालसम्म १७ हजार ९६४ जना हालसम्म डिस्चार्ज भईसकेका छन् ।
पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंकी १ महिला, मकवानपुर र सप्तरीका एक १ १ पुरुष र पर्साका १ महिला र २ पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सँख्या १२६ जना पुगेको पनि डा. गौतमले बताएका छन् ।