ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ भदौ
नेपालमा आज बुधबार ६८१ जनामा कोरोना भाइरस (कोभिड—१९) सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा ११ हजार ५२२ जनाको गरिएको पिसीआर परीक्षणमा ६८१ जनामा कोरोना सँक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना सँक्रमितको कुल सँख्या संख्या २८ हजार ९३८ जना पुगेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार सक्रिय सङ्क्रमित ११ हजार ११८ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको पनि डा. गौतमले बताएका छन् । योसँगै हालसम्म नेपालमा कोरोना सँक्रमणबाट १२० जनाको मृत्यु भईसकेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा १२० जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै हालसम्म १७ हजार ७०० जना कोरोना मुक्त भईसकेको पनि डा. गौतमले बताए । उनका अनुसार हाल देशभरका क्वारेन्टिनमा १३ हजार ५७१ जना रहेका छन् ।