काठमाडौंमा आज रातीबाट निषेधाज्ञा, गर्न पाईने र नपाईने यस्तो छ सूची


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ भदौ

तीन वटै जिल्ला प्रशासन कार्यालय कोभिड –१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै आज बुधबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेका छन् । यही भदौ १० सम्म लागू हुने गरी उक्त आदेश जारी गरिएको काठमाडौँका प्रजिअ जनकराज दाहालले जानकारी दिएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको बैठकले अत्यावश्यकबाहेकका गतिविधि १० भदौसम्म निषेध गर्ने गरी आदेश (कफ्र्यु) जारी गरेको हो ।

काठमाडौं उपत्यकामा आज रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । (कफ्र्यु)को समय के गर्न पाईने र के गर्न नपाईने भन्ने सूची यहाँ प्रस्तुत गरिएको छ ।