ब्युटी न्युज नेपाल
काठमाडौं, २ भदौ
काठमाडौं उपत्याकामा कोरोना सँक्रमण ह्वात्तै बढेपछि बुधबार मध्यरातदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा (कफ्र्यु) जारी गर्ने निर्णय गरिएको छ ।
काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको मंगलबार बसेको संयुक्त बैठकले एक साताका लागि निषेधाज्ञाको निर्णय गरेको हो ।
आज मात्रै उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अब बुधबारबाट निषेधाज्ञा जारी भएपछि काठमाडौं उपत्याकामा अत्यावश्यक सवारी साधन मात्रै चल्न पाउनेछन् । सर्वसाधारणलाई घरबाट बाहिर निक्लन निषेध गरिने छ ।