म्युजिक भिडियोमा नेपालको झन्डा जलाउने पक्राउ, कारवाहीको तयारी


ब्युटी न्युज नेपाल
काठमाडौं, २ भदौ

मंगोल ग्याल्ज ली एन्ड एटीएम भन्ने एक समुहले नेपाली झन्डा जलाउँदै जातीयता, धार्मिक सहिष्णुता र सामाजिक एकता फैल्याउने र्याप गीत देशद्रोही…को भिडियो सार्वजनिक गरेका छन् ।

यो भिडियो मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको छ । सोही क्षेत्रका एक समुहले यो र्याप गीत गाएर भिडियो बनाएका हुन् ।‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो ।

 नाईके र्यापरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा महानगरिय अपराध महाशाखा, काठमाण्डौको टोलीले पक्राउ गरेको  छ । बाँकी सहयोगीहरुलाई पनि पक्राउ गरेर कारवाही अघि बढाउने तयारी भईरहेको  प्रहरीले जनाएको छ ।

भिडियोमा नेपालको राष्ट्रिय झन्डा जलाईएकोमा सो भिडियोको अहिले सामाजिक सञ्जालमा व्यापक बिरोध भएको छ । भिडियोलाई युट्युवमा हालेलगत्तै यसमा ब्यापक बिरोधको मात्र प्रतिक्रिया आएको छ । यो गीत गाउने र अभिनय गर्ने सबैलाई करावाही होस भनेर सामाजिक सञ्जाल मार्फत आबाज उठाईएको छ । भिडियोलाई ६० हजार भन्दा बढीले डिसलाईक गरेका छन भने १२ हजार भन्दा बढीले भिडियोको कमेन्ट बक्समा यो समुहलाई तत्काल कारवाहीको माग गरेका छन् ।

भिडियोमा नेपालका झन्डासँगै अहिलेका विभिन्न नेताहरुको तस्बिर पनि जलाईएको छ । बाहुन क्षत्रीलाई शरणार्थी भन्दै यो देशबाट निकाल्ने चेतावानी दिईएको छ । अहिले सबैपक्षबाट यो भिडियो तत्कार रोक्न र उनीहरुलाई कारवाही गर्न माग उठेको बेला प्रहरीले सम्बिन्धित र्यापरलाई पक्राउ गरेको हो । यो कार्यमा सम्लग्न सबैको नाम प्रहरीले चाँडै सार्वजनिक गरिने बताएको छ ।