आज नेपालमा ४६८ जनामा कोरोना, मृतक १०२ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ साउन,

नेपालमा आज शनिबार ४६८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ११हजार ४७ नमुना परीक्षण गर्दा पछिल्लो २४ घन्टामा ४६८ जनामा संक्रमणको पुष्टि भएको हो । यो सँगै नेपालमा हालसम्म २६ हजार २९ जना कोरोना सँक्रमित भैसकेको पनि डा. गौतमले बताए ।

पछिल्लो २४ घन्टामा देशभरका आईसोलेसनबाट १२४ जना डिस्चार्ज भएका छन् । यो सँगै आजसम्म १७ हजार २०१ जना कोरोना जितेर घर फर्किएको पनि डा. गौतमले बताए । डा. गौतमका अनुसार  काठमाडौं उपत्यकामा ९८ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंमा ८०, ललिपतुरमा ९ र भक्तपुरमा ९ जना छन् ।

यस्तै मोरङका ६५, सर्लाहीका ५३, कपिलवस्तुका ३२, धनुषाका २७, मकवानपुरका २१, सुनसरीका १६, बर्दियाका १४, बाँके, दाङ र कास्कीका ११/११ जनामा संक्रमण पुष्टि भैसकेको पनि डा. गौतमले बताए ।

काभ्रे, दोलखा, चितवन र महोत्तरीका ९/९ जना, खोटाङ ६, सप्तरी, सिराहा र सुर्खेतका ५/५ जना, रौतहट ४, रामेछाप र दैलेखका ३/३ जना, उदयपुर, नवलपुर रुपन्देही, बारा, बाग्लुङ र तनहुँका २/२ जना तथा रसुवा, गुल्मी, गोरखा, स्याङ्जा, तेह्रथुम, डडेलधुरा र बझाङका एकएक जनामा संक्रमण देखिएको पनि डा. गौतमले बताए । यतीबेला ५२३ जना होम आईसोलेसनमा रहेका पनि उनले बताए ।

यतीबेला देशभरका क्यारेन्टाईनमा १४ हजार ४४८ जना रहेका छन् । यस्तै विभिन्न आईसोलेसनमा आज ८ हजार ७१६ जना उपचाररत रहेको पनि डा. गौतमले बताए ।

यस्तै कपिल बस्तु, पर्सा र धुनुषाका १ र १ गरी ३ जनाको निधन भएको छ । मायाँदेबी गाउँपालिका ७ का ३० वर्षीय एक पुरुषको कोरोना बिशेष अस्पताल बुटबलमा कोरोना सँक्रमणबाट आज निधन भएको हो ।

यस्तै बीरगञ्ज महानगरपालिका १२ निवासी ६० वर्षको पुरुषको नारायण अस्थायी कोरोना अस्पाल गन्डक बीरगञ्जमा शुक्रबार बेलुका कोरोनाबाट निधन भएको हो ।

धनुषा जिल्लाको जनकनन्दनी ४ निवासी ५० वर्षीय पुरुषको कोरोना सँक्रमणबाट २९ साउनमा निधनको पनि डा. गौतमले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सँख्या १०२ जना पुगेको छ ।