कलिकोटको नकुगाउँमा पहिरो, ६ जनाको ज्यान गयो  


ब्युटी न्युज नेपाल
नेपालगञ्ज ३० साउन

कालिकोटमा पहिरोबाट एकै परिवारका ६ जनाको ज्यान गएको छ । हिजो देखिको अविरल वर्षाका कारण महाबै गाँउपालिका ३ नकुगाँउमा गएराती पहिरो जाँदा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिएको छ ।

बिष्ट र दाजुको परिवारका ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पहिरोले पुरेर विष्टका २ छोरा र २ छोरीको मृत्यु भएको हो । त्यस्तै आफ्ना दाजु डिल बहादुर बिष्टका दुई छोरीको पनि पहिरोमा परेर ज्यान गएको उनले बताएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा १९ वर्षीया शान्ति बिष्ट, १८ वर्षीया सबिना, १५ वर्षीया आशा, १३ वर्षीय पुष्प, ११ वर्षका प्रबिन बिष्ट र १० वर्षीया रेखा बिष्ट रहेका छन् । जिल्ला प्रशासन कार्यालयले पहिरो गएको ठाँउमा प्रहरी टोली परिचालन भैसकेको बताएको छ । गाउँलेहरुले अहिले उद्धार कार्य गरिरहेका छन् ।