युट्युवमा आयो दयारामको अवार्डेड जोगी


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ साउन

सञ्चारकर्मी दयाराम घिमिरे निर्देशित बृत्तचित्र जोगी,रातका देवता लाई युट्युवमा रिलिज गरिएको छ ।

परम्परागत रुपमा चल्दै आएको फेरी लगाउने चलनलाइ जस्ताको त्यस्तै प्रस्तुत गरिएको डकुमेन्ट्री जोगी,रातका देवता हार्दिक मिडियाको अफिसियल यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

हार्दिक मिडिया को प्रस्तुतीमा तयार यस डकुमेन्ट्रिलाइ दयाराम घिमिरेले निर्देशन गरेका छन् भने हरि उप्रेती तथा निर्देशक घिमिरे डकुमेन्ट्रिका निर्माता हुन् । तेनहाङ राइ सहनिर्माता रहेको यस डकुमेन्ट्रिले नेपालमा २ वटा अवार्ड जितिसकेको छ भने ३ वटा अन्र्तराष्ट्रिय डकुमेन्ट्रि फेष्टिभलमा अफिसियल सेलेक्सनमा समेत परिसकेको छ । सोसल मिडिया फिल्म अवार्ड तथा काठमाण्डौ सर्ट फिल्म फेष्टा मा यो डकुमेन्ट्रीले अवार्ड हात पारिसकेको छ ।

रातको समयमा जोगीले घर घुमेर घरको शान्तीको लागी शंख बजाउदै हिड्ने र बिहान घर घर मा पुगेर सिधा उठाउने चलन लाइ बृत्तचित्रमा उतारिएको निर्देशक घिमिरेले जानकारी दिए । बिस्तारै लोप हुन लागेको कारण पनि यो बिषय सबै माझ पुर्याउने लक्ष्य राखिएको निर्देशक घिमिरेको भनाइ छ ।

बृत्तचित्र मा फेरी लगाउने स्वयं ओम नाथ जोगी लाइ फिचर गरिएको छ । कुनै नाटकिय दृष्य उक्त डकुमेन्ट्रीमा नराखिएको निर्देशक घिमिरेले जानकारी दिए ।