ब्युटी न्युज नेपाल
काठमाडौं, २३ साउन,
नेपालमा आज शुक्रबार ४६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा ४६४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । देशभरका प्रयोगशालामा ७ हजार ९२६ नमुना परीक्षण गर्दा ४६४ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार २१४ जना पुगेको छ ।
सँक्रमित ह्वात्तै बढे काठमाडौंमा
डा. गौतमका अनुसार काठमाडौंमा सँक्रमित बढेको छन् । उनले काठमाडौंका ८८ जनामा कोरोना सँक्रमण देखिएको बताए । सबैभन्दा बढी त पर्सामा सँक्रमित बढेका छन् । पर्साका १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मोरङका ६४, बाँकेका २९, सप्तरीका २९, कैलालीका १८, बर्दियाका १५, सर्लाहीका १२, धनुषा र कास्कीका ११र११, ललितपुरका १० र बाराका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि डा. गौतमले बताए ।
इ यसैगरी नुवाकोटका ८, रौतहटका ५, भक्तपुर, नवलपरासी र कालीकोटका ४र४ जना, झापा र तनहुँका २र२ तथा सुनसरी, सिन्धुपाल्चोक, नवलपुर, गुल्मी, स्याङ्जा, अछाम, सुर्खेत, कञ्चनपुरका १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि उनले बताए । यस्तै १५ हजार ८१४ जना निको भएका छन् ।
मृतक ७० पुगे
यस्तै कोरोना सँक्रमणबाट पछिल्लो २४ घन्टामा ५ जनाको निधन भएको पनि डा। गौतमले बताए । योसँगै नेपालमा हालसम्म कोरोना सँक्रमणबाट ७० जनाको मृत्यु भईसकेको छ ।