ब्युटी न्युज नेपाल
काठमाडौं, ८ साउन
नेपाल आज बिहीबार १४७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा १४७ जनामा कोरोना देखिएको हो ।
यो सँगै आजसम्म नेपालमा कुल १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ । यस्तै आज ५ हजार ३५८ जना विभिन्न आईसोलेशनमा रहेका छन् ।
यस्तै मँगलबार दिउँसो एक जनाको उपचारको क्रममा बीरगञ्ज स्थित नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।