नीजि सवारीमा लागू जोर बिजोर नियम हटाईयो


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ साउन

नेपाल सरकारले तीन साता अघि लागू गरेको नीजि यातायातको जोर बिजोर प्रणाली भोलीबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपषिद्को बैठकले निजी सवारी साधनमा जोर विजोर सञ्चालन नियम हटाउने निर्णय गरेको सरकारले जनाएको छ । कोरोना सँक्रमण बढीरहेको बेला यसलाई नियन्त्रण गर्न शहरमा भिडभाड हुन नदिन एक दिन जोर र अर्को दिन बिरोज नम्बरको नीजि सवारी साधन चलाउने निर्देशन सरकारले दिएको थियो ।

यता सार्वजनिक यातायात समेत सञ्चालनमा आएपछि निजी सवारीको जोर विजोर नियम हटाइएको नेपाल सरकारले जनाएको छ ।