ब्युटी न्युज नेपाल
काठमाडौं, ५ साउन
नेपालमा आज सोमबार १८६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार पत्रकार भेटघाटमा जानकारी गराए अनुसार पछिल्लो २४ घण्टामा थप १८६ जनाको कोरोना सँक्रमण पुष्टि भएको हो । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको पनि उनले बताए ।
डा. गौतमका अनुसार आज सबैभन्दा धेरै संक्रमित बारामा ४६ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । यस्तै, डोटीका ४० जना, सर्लाहीका २३, सप्तरीका ९, कास्कीका ८, रुकुम पूर्वका ७, दाङ र सुनसरीका ६र६ जनामा संक्रमण पुष्टि भएको छ । पर्सा, सोलुखुम्बु, रोल्पा र सुर्खेतका ४र४ जना, झापा र सल्यानका ३र३ जना, काठमाडौं, धनुषा, तनहुँ र दैलेखका २र२ जना तथा इलाम, मोरङ, सिराहा, ललितपुर, लमजुङ, हुम्ला, कालीकोट र कैलालीमा १र१ जनामा कोरोना सँक्रमण पुष्टी भएको पनि डा. गौतमले बताए । यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।
उनीहरूमध्ये ४० जनाको मृत्यु भएको पनि डा. गौतमले जानकारी गराए । यस्तै पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट १७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएर घर फर्किएका छन् । यो सँगै हालसम्म कुल डिस्चार्ज हुनेको सँख्या ११ हजार ८६८ जना पुगेको छ ।