काठमाडौं उपत्याकामा सार्वजनिक यातायात नचलाउने ब्यबसायीको निर्णय 


ब्युटी न्युज नेपाल

काठमाडौं, २६ असार,

मन्त्री परिषदको बैठकले शुक्रबारबाट काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्ने अनुमति दिए पनि शुक्रबार सार्वजनिक यातायात चलेन । अहिलेको अबस्थामा आफुहरु सार्वजनिक यातायात चलाउने नसक्ने सार्वजनिक यातायात व्यबसायीले बताएका छन् ।

शुक्रबार काठमाडौंमा सार्वजनिक यातायात केन्द्रीय महासंघले पत्रकार भेटघाटछ गर्दै यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने बताए । उनीहरुले यातायात चलाउनु अघि सरकारले आफ्ना माग पुरा गर्नु पर्ने भन्दै पाँचबुँदे माग अघि सारेको छन् ।

ती मागहरुमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार यातायात मजदुर र आम यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पुनर्तालिकीकरण हुनुपर्ने, कागज पत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बिमा प्रिमियम छुट समयावधि समायोजन हुनुपर्ने रहेका छन् ।

यस्तै यातायात मजदुर तथा आम यात्रुहरुको स्वास्थ्यको पूर्ण व्यवस्थासहित हस्पिटालिटीको व्यवस्था हुनुपर्ने, २०७७ आश्विन मसान्तसम्म बैंक किस्ता नलाग्ने व्यवस्था हुनुपर्ने, बन्दबन्दी अवधिको कर छुटका साथै एक वर्षसम्म एक वर्षसम्म जरिवाना नलाग्नेगरी म्याद थप हुनुपर्ने माग पनि उनीहरुको छ ।सो मागपत्रमा सरकारले तोके बमोजिम विभिन्न प्रकृतिका (साना, ठूला, मझौला) सवारी साधनको सिट मापदण्ड बमोजिम यात्रु राखी सञ्चालन गर्न नसकिने उल्लेख गरिएको छ ।

यी माग पुरा भएपछि मात्र आफुहरुले ग्यारेजबाट गाडी झिकेर सडकमा चलाउने सो महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले बताए । अन्यता गाडी नचलाएर गाडीको चाबी सरकारलाई बुझाउने चेतावनी पनि उनीहरुले दिएका छन् ।