ब्युटी न्युज नेपाल
काठमाडौं, २३ असार,
गोरखाको भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय एक युवकको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको छ । उनको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । मृत्युपछि उनको कोरोना भाईरस परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।
ती युवालाई आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो । उनको आईसीयूमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा ती युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३६ जना पुगेको छ ।