ब्युटी न्युज नेपाल
काठमाडौं, २८ जेठ
आज साँझबाट प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषदको बैठक बल्ल सम्पन्न भएको छ । बैठकले लकडाउनलाई खुकुलो पार्ने निर्णय गररेको छ । मन्त्री परिषदको निर्णय अनुसार १०० जना भन्दा कम कोरोन सँक्रमित भएको जिल्लाहरुमा बिहिवारदेखि सामाजिक दुरी कायम गरेर पसल खोल्न र व्यवसाय सञ्चालन गर्न दिने एक मन्त्रीले बताएका छन् ।
सरी व्यबसाय सञ्चालन गर्दा नियम पालना गरेको वा नगरेको निरिक्षण समेत गरिने भएको छ । यस्तै भोलीबाटै निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले एसइइको यस वर्षको परीक्षा नगरी कानून बनाएर विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षाफल प्रकाशित गर्ने निर्णय भएको छ । अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ ।
यस्तै मन्त्री परिषदले निन्म कुरा खुल्ने निर्णय गरेको छ ।
१. स्वास्थ्य सेवा सबै
२. औषधी, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा माछा, मासु, खानेपानीको उत्पादन, बिक्रीवितरण तथा ढुवानी
३. पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
४. फोहोर मैला व्यवस्थापन
५. विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक सम्बन्धी सेवा
६. बैक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा
७. सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य
८. कृषि बिउबिजन, रासायनिक मल, कषि औजार र शीतभण्डार सम्बन्धी सेवा तथा कार्य
९. उत्पादनशील उद्योग
१०. निर्माण सामग्रीसमबन्धी उद्योग व्यवसाय
११. विकास आयोजना
१२. नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्रिवितरण
१३. निर्माण कार्य
१४. रेष्टुरेन्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा
१५. क्वारेन्टिनका लागि तोकिएका होटल
१६. विजुली सामान विक्री र मर्मत
१७. विद्युतय उपकरण, मेशीन र सवारी साधानको मर्मत गर्ने वर्कसप
१८. पुस्तक पसल तथा स्टेशनरी
१९. सबैप्रकारका ढुवानी सेवा
२०. अत्यावश्यक सेवाका सबै कार्यालय
२१.अन्य सरकारी कार्यालय गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैठक तथा वित्तीय संस्थानहरु (सामान्यतया ५० प्रतिशत कर्मचारी रहनेगरी )