भारतबाट आएका एक व्यक्तिको सुनौलीमा मृत्यु


ब्युटी न्युज नेपाल
बुटबल, २८ जेठ

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका कुडियाका ३५ वर्षका पुरुषको भारतबाट घर आउने क्रममा बाटोमा निधन भएको छ । मुम्बईबाट मजदुरी गरी घर आउने क्रममा उनको नेपाल भारतको सिमाना सुनौलीमा मृत्यु भएको हो । मृत्युको अझै कारण नखुलेको प्रहरीले बताएका छन् ।

उनको आज बिहान मृत्यु भएको हो । टाउको दुखेर चक्कर लाग्यो भन्दै बान्ता गरेको केही क्षणमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । बेलहिया प्रहरी चौकीका प्रहरी निरीक्षक इश्वरी अधिकारीले पनि सुनौली बजारमा बसेका उनको आज बिहान एक्कासी वान्ता गरेपछि मृत्यु भएको पुष्टी गरेका छन् । ती ब्यक्तीमा कोरोना सँक्रमणको आसँका गरेर उनको स्वाब परिक्षणको लागि ल्याबमा पठाईएको छ ।

तीन दिनअघि भारतको मुम्बईबाट पाल्पाका तीन जना साथीसहित उनी बसमार्फत मंगलबार राति ४ बजेतिर सुनौली आइपुगेका थिए । त्यसपछि उनी नाकामा बसेका हुन् । उनको रिपोर्ट आएपछि मात्र शब परिवारलाई दिईने भएको छ ।