ब्युटी न्युज नेपाल
काठमाडौं, २७ जेठ
नेपालमा आज फेरी विभिन्न जिल्लामा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण भएको छ । आज थपिएका ३२३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मँगलबार नियमित पत्रकार भेटघाटमा बताए । प्रवक्ता गौतमले आज ३२३ जना थपिँदा नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।
यस्तै आज बिहान भरतपुर अस्पतालमा कोरोना सँक्रमणबाट निधन भएको ६८ वर्षीय पुरुषको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या १५ जना पुगेको छ ।
मन्त्रालयकाअनुसार सबैभन्दा धेरै महात्तेरीमा ५० जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १७ र नवलपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै सल्यान, नवलपरासी र सिराहामा १२/१२, बाग्लुङमा ११, कपिलवस्तु र दार्चुला १०/१०, बाँके ९, डडेलधुरा र सप्तरीमा ७/७, दाङ ६, सुर्खेत ४, मोरङ ३ र जुम्ला र नुवाकोट २/२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
इलाम, सुनसरी, धादिङ, म्याग्दी र कैलालीमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।