आज फेरी ३१४ जनालाई कारोना, सँक्रमित ३७६२, मृतक १४ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ जेठ

नेपालमा आज फेरी ३१४ जनालाई कोरोना सँक्रमण पुष्टी भएको छ । २४ घन्टामा देशभरमा थप ३१४ जनालाई कोरोना सँक्रमण भएको हो । २९४ जना पुरुष र २० जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार यो सँख्यासँगै नेपालमा कोरोना सँक्रमितको सँख्या ३ हजार ७६२ पुगेको छ ।

डा. गौतमका अनुसार मोरङमा ९ जनामा संक्रमण पुष्टि भएको छ । धनपालथान गाउँपालिकामा पाँच जनामा तथा लेटाङ र रतुवामाई नगरपालिकामा दुईरदुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

झापा गौरीगञ्ज गाउँपालिका ६ जना र सुनसरीको कोसी गाउँपालिकाका १९ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, हल्दीबारी क्वारेटिनमा रहेका झापाका तीन जना र पाँचथर लालीखर्चका २३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश–२ मा १७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये सर्लाहीका १२० जना छन् । सर्लाहीको बिष्णु गाउँपालिकाका ३५ जना, ब्रम्हपुरी गाउँपालिकाका ४३ जना, चकरघट्टा गाउँपालिकाका १५ जना, बलरा नगरपालिकाका ८ जना र ईश्वरपुर नगरपालिकाका १८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, रामनगर गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, सप्तरीमा १६ जना, महोत्तरीमा १२ जना, रौतहटमा ११ र पर्सामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बारामा ७ जना संक्रमित थपिएका छन्, जसमा आमासँगै तीन वर्षीया बालिका पनि छिन् ।

चितवनमा दुई चिकित्सकसहित २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका परीक्षणमा चितवनका १७ जना, नवलपरासी पूर्वका पाँच जना र धादिङका एक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, स्याङ्जाका ६० वर्षीय पुरुष र पोखराका ४२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीमा ३१ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये ३० जना कोरोना भाइरसको संक्रमणबाट मत्यु भएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको सम्पर्कमा आएकाहरू हुन् । उनको भारतबाट मजदुरी गरी फर्कने क्रममा जेठ १० गते बाटोमै मृत्यु भएको थियो ।

यस्तै, कपिलवस्तुका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरूमध्ये सात जना महाराजगञ्जका छन् । बर्दियाका १८ जना, रुपन्देहीका ५ जना, दाङका ४ जना, बाँकेका एक जना र नवलपरासीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी मेडिकल कलेजमा उपचाररत गुल्मीकी ३२ वर्षीय र पाल्पाका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, दैलेखका १० जना, सल्यानका छ जना र सुर्खेतका एकजनामा संक्रमण पुष्टि भएको छ ।

डा.स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार सात सय ६६ नमुनाको पीसीआर टेस्ट गरिएको थियो । त्यसक्रममा तीन सय १४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै अहिलेसम्म पीसीआर टेस्टको संख्या एक लाख नौ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार नौ सय ४२ आरडीटी टेस्ट भएको छ । यससँगै कुल टेस्टको संख्या एक लाख ५६ हजार नौ सय ९१ पुगेको छ । हाल एक लाख ७० हजार सात सय ३२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

मृतकको सँख्या फेरी एकजना थपिएर १४ जना पुगेको छ । स्याङजा वालिङका आज निधन भएका ५८ वर्षीय पुरुषमा हिजोमात्र कोरोना सँक्रमण पुष्टी भएको हो । उनको निधनबारे प्रवक्ता गौतमले पुष्टी गरेका छन् । उनको निधनसँगै नेपालमा कोरोना सँक्रमणबाट निधन हुनेको सँख्या १४ पुगेको हो ।

वालिङ नगरपालिका ३ निवासी ५८ वर्षीय पुरुषमाको आईसोलेसनमा रहेका बेला पोखरामा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले बताए । ती व्यक्तिको आइतवार बेलुका मात्र कोरोना पुष्टि भएको हो।

यस्तै उपचारपछि आज थप २१ जना कोरोना मुक्त भई घर फर्केको पनि डा. गौतमले बताएका छन् । योसँगै ४८८ डिस्चार्ज भएका छन् । जसमा ४१७ जना पुरुष र ६९ जना महिला रहेका छन् ।

डा. गौतमका अनुसार आज नेपालका विभिन्न क्वारेन्टाईनमा १ लाख ६६ हजार ६३८ जना रहेका छन् । यस्तै हाल आईसोलेसनमा ३ हजार ४४८ जनाको उपचार भईरहेको पनि डा. गौतमले बताए ।