ब्युटी न्युज नेपाल
काठमाडौं, २५ जेठ
नेपालमा आज फेरी २१३ जना व्यक्तिमा कोरोना सँक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा थप २१३ जनाको कोरोना भाईरस पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले दिएको जनकारी अनुसार आज सँक्रमितमा २०९ जना पुरुष र ४ जना महिला रहेका छन् । यो सँगै नेपालमा सँँक्रमितको सँख्या ३ हजार ४४८ पुगेको पनि डा. देवकोटाले जानकारी गराएका छन् । हालसम्म ७१ जिल्लामा कोरोना सँक्रमण फैलिएको पनि डा. देवकोटाले बताएका छन् ।
यस्तै आईतबारसम्म क्वारेन्टाईनमा बस्नेको सँख्या १ लाख ७० हजार ७३२ जना रहेका छन् । आईतबारसम्म आईसोलेसन र अस्पतालमा रहेर २ हजार ९६८ नेपालीहरुले उपचार गरिरहेका छन् ।
यस्तै हालसम्म ४६७ व्यक्ति डिस्चार्ज भएको र जसमा जना पुरुष ३९९ र महिजाहरु ६६ जना रहेको देवकोटाले बताए । यस्तै आज १०२ जना डिस्चार्ज भए । जसमा १०० जना पुरुष र २ जना महिला डिस्चार्ज भएको पनि डा. देवकोटाले बताएका छन् ।
डा. देवकोटाका अनुसार विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा प्रदेश २ का ८३ जनामा संक्रमण पुष्टि भएको छ । सर्लाहीमा ७४ जना, महोत्तरीमा ५ जना, सिराहामा दुई जना, धनुषामा र रौतहटमा १र१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ३८ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको पनि डा. देवकोटाले बताएका छन् । उनका अनुसार स्याङ्जामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यता प्रदेश ५ मा ३६ जना नयाँ संक्रमित थपिएका छन् । उनीहरूमध्ये २४ जना कपिलवस्तुका छन् । बाँकेका ३, नवलपरासी र दाङका २÷२ तथा बर्दिया र प्युठानमा १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि डा. देवकोटाले बताएका छन् ।
रोल्पामा पहिलो पटक तीनजनामा संक्रमण पुष्टि भएको छ । सुनिल स्मृति गाउँपालिकाको क्वारेन्टिनमा रहेका उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेश ५ का १२ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
यता कर्णाली प्रदेशमा आइतबार थप ५४ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा सल्यानका २८, सुर्खेतका २०, दैलेख र कालीकोटका ३ र ३ जना रहेको पनि डा. देवकोटाले बताए ।