आज १८९ जनालाई कोरोना, सँक्रमित १४०१ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ जेठ

नेपालमा आज दिउँसोसम्म कोरना सँक्रमितको सँख्या फेरी १८९ जना थपिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार भेटघाटमा बिगत चौविस घन्टामा नेपालमा कोरोना सँक्रमित १८९ जना थपिएको बताए ।

उनका अनुसार यो सँख्यसँगै नेपालमा कुल संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ । कोरोनाबाट हालसम्म ६ जनाको मृत्यु भएको छ । आजसम्म २१९ जना कोरोनाबाट ठिक भएर घर फर्किएको पनि उनले बताए ।

आज सबैभन्दा बढी कोरोना सँक्रमण कपिलवस्तुमा देखिएको छ । कपिलबस्तुमा १०९ जनामा कोरोना सँक्रमण देखिएका डा देवकोटाले बताए ।

उनका अनुसार काडमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १६ देखि ६० वर्षका उमेरका छन् ।

उता प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तु, यहोधराका २९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितहरु १५ देखि ५० वर्ष उमेरका छन् । कपिलवस्तुकै विजयनगरका ३ जनामा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरु २६ देखि ५२ वर्षका छन् ।

डा. देवकोटाका अनुसार सर्लाहीका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १६ देखि ४० वर्षका छन् । सिराहाका ११ र सप्तरीका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

धनुषाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २० देखि ४२ वर्षका छन् । रौतहटका ६ र महात्तरीका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ । यस्तै पर्सा पसौनीका १८ वर्षीय पुरुष र ६० वर्षीया महिला तथा बारा हर्दियाका २४ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

डा. देवकोटाका अनुसार दैलेखमा १४ कोरोना संक्रमित थपिएका छन् । उनीहरु १७ देखि ५० वर्ष उमेरका छन् । यस्तै दाङका ५ जनामा संक्रमण पुष्टि भएको पनि उनले बताए । सँक्रमितहरु बगलाचुलीका २७ देखि ३८ वर्षका ४ जना र हापुरेका ३० वर्षीय पुरुष रहेका छन् ।
यस्तै संखुवासभामा दुई जना संक्रमित भेटिएको पनि डा. देबकोताले बताए । खाँदबारीका २३ वर्षीय पुरुष र पाँचखपनका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै डा. देवकोटाका अनुसार झापाका ४५ वर्षीय पुरुष र ललिपतुरकी २३ वर्षीय महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।